नक्कली नोटसहित एक युवक पक्राउ

विराटनगर, ३ भदौ । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट  साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।  शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो । 

त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित