रविको ‘झिल्के पार्टी, टिल्के बोली’ बिक्न छाड्योः नेता बस्नेत

भक्तपुर, २ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको झिल्के पार्टी तथा टिल्के बोली बिक्न छाडेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले रवि लामिछानेले नेतृत्व गर्नुभएको रास्वपा पार्टी पानीविनाको माछा जस्तो भएको दावी गर्नुभयो । रास्वपा सत्ताको स्वादमा रुमलिँदै जनताको पक्षमा वकालत गर्न समेत विर्शिएको भन्दै संघको इन्चार्ज समेत रहनुभएको नेता बस्नेतले रविको फोस्रा भाषणको औचित्य समाप्त हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रविको झिल्के पार्टी, टिल्के बोली बिक्न छाड्यो । सत्ताको स्वादको धुप हालेर पर्खामा बसेका छन् । कहिले प्रचण्डले माधवकुमार नेपाललाई वालुवाटार काण्डमा कारवाही गर्छन् र गौर हत्या काण्डमा जनता समाजवादी पार्टीका अध्यक्षलाई कारवाही गर्छन् ? भन्दै प्रतिक्षामा छन् । त्यसपछि प्रचण्डसँग वार्गेनिङ गरी आफ्नो पार्टी सत्तामा जाने भन्ने मात्र योजनामा छन् । उनी पानी विनाको माछा जस्तै बनेका छन् । कहिले सरकारको विरोध गरेजस्तो गर्छ त कहिले एमालेको विरोध गरे जस्तो गर्छन् । तर उनको राजनीतिक नियत भनेको मन्दिरमा लगाईएको पुजामा दाहिने हात लगाउँछन् तर देव्रे हातले त्यही पुजामा चढाइएको भेटी चोर्न हात लम्काएर बसेका छन् ।’

वर्तमान समयमा नेपाली राजनीतिको समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको उल्लेख गर्दै उहाँले प्रचण्डले आफु सत्तामा बस्नको लागि कहिले कांग्रेस त कहिले एमालेको काँधमा बसेर मुलुकलाई समस्याग्रस्त बनाएको भन्दै आक्रोस जनाउनुभयो । प्रचण्ड नेतृत्वको सरकार आएसँगै भ्रष्टाचार, तस्करी तथा अनियमितता इतिहासकै सवैभन्दा बढी भएको उल्लेख गर्दै उहाँले सत्ता गठबन्धनका नाम जोडिएपछि भ्रष्टाचारको छानविन नै नगरेको बताउनुभयो । वालुवाटार काण्डमा माधव र बाबुराम भट्टराई, सुन काण्डमा माओवादीका नन्दबहादुर पुन, वर्षमान पुन, कृष्णबहादुर महरा तथा नक्कली शरणार्थी काण्डमा शेरबहादुर देउवाको पत्नी आरजु देउवाको ढोकामा पुगेपछि अनुसन्धानलाई अन्यत्र मोडेर ढिसमिस बनाउने खेलमा प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लागिपरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री ज्यू, तपाईको अनुसन्धान प्रचण्डसम्म जान सक्छ ? सुन काण्डमा माओवादी तथा कांग्रेसका अधिकांश नेता दोषी हुनेछन् । उक्त काण्डमा निष्पक्ष छानविनमा गरिरहेका प्रहरीलाई सरुवा गर्नुभएको छ । सरकारका प्रत्येक गतिविधिहरु संकास्पद छन्, त्यसैले उच्चस्तरीय छानविन समिति गठन गरी सम्पूर्ण काण्डहरुको छानविन गर्नुपर्छ । एमाले त्यसको लागि तयार छ । एमालेको आवाज अहिले कांग्रेसमा व्यापक मात्रामा उठिरहेको छ । यसै क्रममा सुन काण्डका नाईके गृहमन्त्री र अर्थमन्त्री हुन भनेर ठोकुवा गर्ने सुनिल शर्मालाई पक्राउ गरेर हाम्रो शासनमा बोल्न पाइदैन भन्ने सन्देश दिन सरकारले खोजेको छ । तर एमाले र युवा संघको आवाज बन्द गर्न सक्दैनौं । भारतलाई खुशी पार्न राष्ट्रघाती नागरिकता विधेयक पारित, रेशम चौधरीलाई आममाफीलगायतका असंख्य जनविरोधी काण्डहरुको नेतृत्व प्रचण्ड नेतृत्वको सरकारले गरेको छ । त्यसैले प्रचण्डलाई प्रधानमन्त्री भन्न पनि लाज लाग्छ ।’

युवालाई एमालेले सवै तहमा जिम्मेवारी दिन मापदण्ड नै बनाईसकेकाले अबका दिनमा युवाहरुले नेतृत्वलाई गाली गर्ने नभई क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । एमाले युवामैत्री भएको उल्लेख गर्दै उहाँले युवाहरु बोल्ने, लेख्ने, विश्लेषण गर्ने, बैचारिक, जुझारु, मिसन, भिजन तथा दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले डर बोकेका युवा नेतृत्वमा पुग्न नसक्ने स्पष्ट पार्नुभयो । युवा संघका कार्यकर्ता भ्रमबाट मुक्त नभई समाजलाई भ्रमबाट मुक्त बनाउन नसकिने उल्लेख गर्दै उहाँले संघका कार्यकर्ताहरु प्रविधिको प्रयोग गरी आधुनिक तरिकाले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले देशलाई अस्थिरताको भूमरीको खेलमैदान बनाउने खेलमा वर्तमान सरकार रहेको दावी गर्नुभयो । सरकार नागरिकले नभई तस्करहरुले चलाइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गठबन्धन सरकार सुनमाथि बस्छ, युवा संघ जनताको घर घरमा बस्छ । युवा संघ एमालेको घरको पिल्लर हो, जुन ९ रेक्टरको भुकम्प आएपनि सजिलै थाम्छ । अबका दिनमा प्रशिक्षित युवा तथा युवा संघका नेताले नै मुलुकको नेतृत्व गर्नेछन् । युवा संघ विरोधीको लागि डरलाग्दो र जनताको लागि भरलाग्दो हुनेछ ।’

जिल्ला अध्यक्ष बचन देउजाले सरकार जनतामारा भएको उल्लेख गर्दै आगामी दिनमा फरक ढंगले युवा संघलाई परिचालन गर्नुपर्ने औंल्याउनुभयो । युवाको नेतृत्व नै मुलुक परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा युवाको व्यक्तित्व र नेतृत्व विकास गर्ने अभियान पार्टीले चलाउने विश्वास दिलाउनुभयो । प्रतिष्पर्धाबाट सर्वश्रेष्ठता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष देउजाले एमाले भक्तपुरले सवै जनसंगठनहरुलाई चलायमान बनाउन टोल टोलसम्म प्रशिक्षण कार्यक्रम चलाउने बताउनुभयो ।

संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसीले लामो समयदेखी प्राप्त उपलब्धीलाई नेतृत्व गर्न नसकेको सरकारको गानो गएको उल्लेख गर्दै सरकारले उक्त भारी विसाउनसमेत नसकेको भन्दै आक्रोस जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले होस् गुमायो । छिमेकीको कम्फर्टेवल उपलब्धी बन्यो । नेपाली जनताको बन्न सकेन । सरकार छ तर केही देख्दैन, सुन्दैन, चिन्दैन, पारदर्शी छैन, नजमुखी छैन । सरकार लम्पसारवाद मात्र बनेन्, राष्ट्रियतामाथि नै गम्भीर खलल् पुर्याएको छ । यसकारण तस्करबाट सञ्चालित सरकारले अविलम्ब राजिनामा दिनुपर्छ । भक्तपुरका निर्वाचित जनप्रतिनिधिको त कुरै नगरौं, जस्तो नाम, उस्तै व्यक्ति दुर्लभ थापा ।’

बागमती प्रदेशका सांसद किरण थापाले काण्डै काण्डको सरकारले देशलाई खोक्रो बनाएको भन्दै आक्रोस जनाउनुभयो । सरकार जनताको हित विपरित रहेको दावी गर्दै उहाँले देशको अवस्था र रक्षाको लागि युवा संघले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा युवाको योग्यता, क्षमता र दक्षतालाई प्रयोग गर्नुपर्छ । केपी ओली नेतृत्वको सरकारले युवामैत्री योजनाको साथ साथै देशभर साना तथा ठूला आयोजनाहरु व्यापकमात्रामा सञ्चालन गरेको थियो । विकासको लहर छाएको थियो । जनताको आशाको दियो बलेको थियो । तर वर्तमान सरकारले ति आयोजनाहरु लथालिङ्ग बनाएको छ । निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन सकेको छैन । भुक्तानीको लागि व्यवसायीले आन्दोलन गरिरहनुपरेको दुःखद् अवस्था रहेको छ । त्यसैले सरकार निकम्बा बन्यो । जनताको साहारा एमाले हो, भविष्यमा पनि जनताको पक्षमा एमाले रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो

काठमाडौँ, १५ फागुन । उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल

एजेन्सी, १४ फागुन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार

गाजा, १३ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले