काठमाडौँ, २ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरूले राज्य संयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् ।
आज पार्टीको काठमाडौँ महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन तस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरेका हुन् ।
उनले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको बताए । राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित हैन, जनता केन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सङ्कल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे ।