संसद अवरोध सरकार र गठबन्धनका कारण भएको हो : महेश बर्तौला

बुटवल, २ भदौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् ।

आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।

उनले भने,  ‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ,’ ‘सरकारले संविधान, संसदीय मूल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ, यसै कारण संसद अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि