प्रधानमन्त्रीद्वारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यादवको फोटोमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गीतकार एवं गायक यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए । उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ । धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट वि।सं। २००३ सालमा प्रथम पुत्रको रूपमा यादवको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ