रेमिट्यान्स बढ्यो, आयात तथा निर्यातमा कमी

काठमाडौँ, २ भदौ । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ ।

मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने रकम बढी भएका कारण गत आर्थिक वर्षमा मुलुक शोधनान्तर बचतमा रहेको हो ।अर्थतन्त्र धिमा गतिमा रहे पनि मुलुकको अर्थतन्त्र भने सबल भएको तथ्यांक नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको विवरणले देखाएको छ । कोरोना र लकडाउनका कारण सुस्ताएको नेपाली अर्थतन्त्रमाथि उकासिएको सर्वसाधारण र व्यवसायीले अनुभव नगरे पनि केन्द्रीय बैंकको तथ्यांकले नेपालको अर्थतन्त्र लयमा नै रहेको देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार राज्यसँग अहिले कुल विदेशी विनिमय सञ्चिती ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । सो सञ्चितीले १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था रहेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती अघिल्लो आवको तुलनामा गत आव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा