विपद्का घटना: चार महिनामा १४८ जनाको मृत्यु, एक अर्ब १८ करोडभन्दा बढीको क्षति

काठमाडौँ, २ भदौ । पछिल्लो चार महिनामा विपद्का घटनामा परी देशभर १४८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा रेकर्ड भएका दुई हजार ५१० वटा विपद्का घटनामा ३० जना बेपत्ता भएका छन् । २०८० वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा विपद्का घटनामा परी ४९६ जना घाइते भएको प्राधिकरणले जनाएको छ । बाढी, पहिरो, हाई अल्टिच्युड, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, हिमपहिरो, वन डढेलोलगायतका घटनाले उक्त क्षति गरेको हो ।

विपद्का घटनामध्ये सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले गरेको छ । बितेको चार महिनामा पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । यस्तै, हाई अल्टिच्युडका कारण पाँच, बाढीमा परी ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परी २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । विपद्का घटनाबाट उक्त अवधिमा आठ हजार २४० परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनाले वैशाखयता एक अर्ब १८ करोड १८ लाख १५ हजार ३४७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

आगलागीका घटनाले ८४ करोड चार लाख ७० हजार ९४७ रुपैयाँ, बाढीले २५ करोड १० लाख १० हजार ५०० रुपैयाँ, पहिरोले चार करोड ४१ लाख ४० हजार २०० रुपैयाँ र हुरी बतासले दुई करोड ५९ लाख पाँच हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित