‌कोसीका मुख्यमन्त्री थापाले ३ गते विश्वासको मत लिने

विराटनगर, १ भदौ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार (३ गते)विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् ।‌

गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

प्रदेश सभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ ।‌ आफूले ३ गते समय मागेको तर विश्वास मतको समय तोक्ने अधिकार सभामुख वा उपसभामुखको भए बमोजिम भदौ ४ गते सोमबारलाई तय गरिएको मुख्यमन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति