माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य

काठमाडौँ, १ भदौ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ ।  

माओवादी केन्द्रीय कार्यालय स्रोतका अनुसार पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी)  लाई थप गरिएको छ ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन् । यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो । 

यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई जिम्मेवारी  दिइएको छ । यसैगरी स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ । 

यस्तै केन्द्रीय सदस्य तारा घर्ती मगर र केन्द्रीय सदस्य अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य शिव बहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशी (प्रदेश नं १) मा, केन्द्रीय सदस्य करुणा बस्नेतलाई कोशीबाट सम्पर्क समन्वय प्रदेशमा, वैकल्पिक  केन्द्रीय सदस्य पदम राज जोशीलाई सुदुरपश्चिम प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा र  वैकल्पिक केन्द्रीय सदस्य पुष्प न्यौपानेलाई सुदुरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण  गरिएको पार्टी कार्यालय स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।