एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ, १ भदौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।

एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र  कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएको हो । 

सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ । टका अवसरमा सङ्घका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे   राष्ट्रपतिलाई जानकारी गराएका थिए ।  पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।  

सोही अवसरमा सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज