सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १ भदौ । सुन तस्करीको आरोपमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवैजनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको साउन ३१ गते पनि ब्युरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ