आजको मौसम

काठमाडौँ, १ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । 

त्यस्तै आज राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ