देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : सभापति लामिछाने

फिक्कल, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गरेका छन् । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गरे ।

“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उनले भने, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।”

उनले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गरे । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उनको भनाइ छ । 

“हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”, उनले भने, “गुणस्तरीय शिक्षा, घरमै पुगेर “हामीलाई सिद्धा स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।” उनले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा