भक्तपुर, ३२ साउन । भक्तपुर राष्ट्रका लागि २ घण्टा अभियान अन्तर्गत प्राज्ञ आदर्श समाजले चलाएको २ घण्टा अभियान भोलि शुक्रबारदेखि नगरका सबै वडामा कार्यान्वयन हुने भएको छ । केही दिन अघि चाँगुनारायण नगरपालिकाको मन्दिर प्राङ्गणमा नगर प्रमुख जीवन खत्रीले सो कार्यान्वयनको उद्घोष गरेका हुन ।
प्राज्ञ आदर्श समाजले आदर्श समाज निर्माण अभियानको थालनी गर्ने उद्देश्य राख्दै हरेक शुक्रबार विहान ६:३० बजे देखि सफाई अभियान सन्चालन गर्दै आएको थियो । आदर्श समाजद्वारा पहिलो र दोस्रो हप्ताको २ घण्टा सफाई अभियान सम्पन्न पश्चात् वडा नं. २ ले सो अभियानलाई नेतृत्व गरि १३ औ हप्तामा नगरपालिकाले संयोजन गर्दै कार्यान्वयनमा आएको वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानले जानकारी गराए ।

१२ औ हप्तासम्मको समग्र कार्यक्रमको व्यवस्थापकीय संयोजन गर्दै आएको प्राज्ञ आदर्श समाजको क्रियाकलापप्रति खुशी व्यक्त गर्दै आदर्श समाजका सल्लाहकार समेत रह्नुभएका समाजशास्त्री हिम्मत सिंह लेकालीले आदर्श समाज जन्मेर ४ पाउ नटेकि सिधै २ खुट्टा टेकि अभियानलाई निष्कर्षमा पुर्याउन खेलेको भुमिकाप्रति आदर्श परिवारलाई धन्यवाद प्रकट गरेका छ्न् ।
अभियानको थालनीदेखि नेपाल रेड्क्रस सोसाइटी दुवाकोट उपशाखा, राष्ट्रको लागि २ घण्टा अभियान, नेप्सेम्याक भक्तपुरले १२ औ हप्तासम्म सो अभियानमा विशेष सहकार्य गरेको बताउँदै आदर्श समाजका अध्यक्ष नबराज काफ्लेले सचेतनामुलक तवरले सन्चालनमा आएको आभियानमा ३२ सय भन्दा बढीको स्वयमसेवा, ५१ वटा सरकारी एवम गैरसरकारी संघ संस्था, सशत्र प्रहरी गण दुवाकोट, जिल्ला प्रहरी परिसर, ७ वटा सामुदायिक एवम निजि विद्यालयको सक्रिय सहभागिता रहेको उल्लेख गरेका छ्न् । अभियानका कार्यक्रम संयोजक समेत रहेका काफ्लेले प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद प्रकट गर्दै नगरपालिकाले सम्पूर्ण वडामा सन्चालन गर्न लागेको २ घण्टा अभियानमा निरन्तर साथ, सहयोग र सहकार्यको लागि काफ्लेले अपिल समेत गरेका छ्न् ।






