काठमाडौँ, ३२ साउन । आज दुई देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल फेन र नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्ग्युएन थन्ह हाइले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।