जनतासँग पानी र माछाको जस्तो सम्बन्ध थियो, बीचमा अल्मलियौं : प्रधानमन्त्री

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने संकल्पसहित अघि बढिएको बताएका छन् ।

आज रामेछापमा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड दिवस कार्यक्रममा उनले पहिले माओवादीसँग जनताको सबन्ध पानी र माछाको जस्तो भएको र बीचमा अल्मलिएको बताए ।

उनले भने, “माओवादीसँग जनताको हिजो पानी र माछाको जस्तो सम्बन्ध थियो । नङ र मासुको जस्तो सम्बन्ध थियो । जनताको छोराछोरीको रूपमा माओवादीले जनताको रूपमा साथ दिने गरेको थियो ,” “बीचमा अल्मलिएको कुरालाई फेरि एक पटक ट्याकमा, सहि बाटोमा ल्याउने संकल्प गरेर आएका छौँ ।”

आत्मआलोचना गर्दै फेरिने संकल्पसहित तीन महिने अभियानमा शुभेच्छुक र विरोधीको घरमा पनि जाने उनको भनाइ छ । अर्को तीन महिनामा जीवन्त पार्टीको रूपमा आउने बताए । एक ढिक्का भएर जाँदा आगामी निर्वाचनमा ०६४ को भन्दा ठूलो पार्टी बन्न सक्ने समेत बताए ।

“यही प्रक्रियाले गयौं भने अर्को निर्वाचनसम्म पुग्दा ०६४ मा जहाँ थियो । त्यहाँभन्दा माथि जान सकिन्छ,” प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ