नेपालले भारत सरकारलाई माग्यो धान, चामल र चिनी

काठमाडौँ, ३२ साउन । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ । आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको थियो । नेपालले भारतसँग १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरेको छ ।

हाल नेपालमा चामल र चिनीको अभाव छैन । तर, भारतले बासमतीबाहेकको चामल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाएसँगै आगामी दिनमा अभाव हुने आङ्कलन गरिएको छ । यसमा सावधानी अपनाउँदै नेपाल सरकारले खाद्यान्न आयातका लागि माग गरेको तिवारीको भनाई छ ।

चाडपर्वको समय नजिकिँदै गर्दा व्यापारीहरूले यी खाद्यान्न लुकाएर राख्ने र मूल्यवृद्धि गराउन सक्ने भएकाले आयतलाई नियमित राख्न आवश्यक भएको सरकारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई

काठमाडौँ, १० फागुन । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३