परिसूचक नेप्से ८ अंकले बढ्यो

काठमाडौँ, ३२ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।

परिसूचक ८ अंकले बढेको दिन आज १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको मूल्य भने घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर कायम छ । यस क्रममा आज १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ ।

हिजो बुधवार नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको थियो । त्यसक्रममा १ अर्ब ६७ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, आज बिहीबारको तुलनामा धेरै हो । परिसूचक एकल अंकले बढेपनि आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य १० प्रतिशतले बढ्दा लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले बढेको छ । यस्तै, आज लक्ष्मी इक्वीटी फण्डको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु