अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको छ : अर्थमन्त्री

जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको बताएका छन् ।

आज जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको बताए ।

उनले सरकारको पहिलो प्राथमिकता नै पारदर्शिता, सुशासन र आर्थिक प्रगति रहेको बताए । विगतमा कोरोना भाइरसको सङ्क्रमणले विश्वमा आर्थिक क्षेत्रमा आएको तरलताका कारण समस्या देखिएकोमा अब बिस्तारै यसमा सुधार भइरहेको उनले बताए । 

मन्त्री महतले नेकपा एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । उनले आफूहरू सरकारभन्दा बाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यकमा संसद् अवरोध गरिरहेको बताए ।

सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।