नेपालमा डेंगु संक्रमितको संख्या १४ हजार ३५७ पुग्यो

काठमाडौँ, ३२ साउन । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगु संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै यो वर्ष नेपालमा डेंगु संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । डेंगुबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ । सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौँ, ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ ।

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन ।

अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन । संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगु लाग्नसक्छ ।

संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउँछ । टाउको दुख्छ । वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुष हुनेगर्छ । आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाई गरेमा यो लामखुट्टे फैलन पाउँदैन । खासगरी पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्ने ताकि, त्यहाँ यो लामुखट्टे छिर्न नसकोस् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा