समाजवादी मोर्चामा विश्वासको संकट

काठमाडौँ, ३२ साउन । सत्ता गठबन्धनमा रहेका तीन कम्युनिस्ट पार्टी र संसदीय राजनीति बाहिर रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितको चार दलीय समाजवादी मोर्चामा विश्वासको संकट गहिरिँदै गएको छ ।

ललिता निवास प्रकरण र गौर हत्याकाण्डमा सरकारको भूमिकालाई लिएर मोर्चामा आबद्ध दलका नेताबीच विश्वासको संकट उत्पन्न भएको हो ।भविष्यमा समाजवादको साझा लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ चार दल मिलेर घोषणा गरेको समाजवादी मोर्चामा पछिल्लो समय सामान्य समस्याहरू आएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

उनले भने– ‘बिग्रिएकै अवस्था त्यस्तो केही छैन तर, हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडप्रति सरकारले हेर्ने दृष्टिकोणमा केही फरक आएको हो कि भन्ने बुझेका छौं । यसले समाजवादी मोर्चामा सामान्य असर परेकै छ । जुन उद्देश्यकासाथ मोर्चा बनेको हो त्यसअनुसारको गतिविधि भएको पाइएको छैन ।’

पछिल्लो समय मोर्चामा आबद्ध दलहरूबीच देखिएको अविश्वासले मोर्चाको भविष्यमाथि नै प्रश्न उठेको कतिपय नेताहरू नै बताउँछन् । मोर्चाको अध्यक्षता गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारको सरकारी जग्गा ‘ललिता निवास’ प्रकरणमा तानिएपछि सरकारप्रति सशंकित हुनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी

ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

काठमाडौँ, १७ जेठ । अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ