बसले शव बोकेको गाडी, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते

चितवन, ३१ साउन । चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । भरतपुर–९, टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ जम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

सो क्रममा चारवटा मोटरसाइकल र तीनवटा स्कुटर एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनापछि घाइतेलाई भरतपुरको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज