राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा आज दिउँसो छलफल भएको बताइएको छ ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा