दावाको नागरिकताबारे गृहद्वारा छानबिन सुरू

काठमाडौँ, ३१ साउन । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको हो । हाल छानबिन कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।नागरिकताको विषयमा छानबिन गर्न मन्त्रालयका उपसचिव एवं नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । ‘समितिले छानबिन गरिरहेको छ । समितिले छानबिनपछि दिने प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइने छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो ।

हाल सुन तस्करी प्रकरणमा १८औं नम्बरमा गत श्रावण १५ गते छिरिङलाई पक्राउ गरिएको थियो । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राजधानीको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।

छिरिङ सत्ता र शक्तिको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य चार वर्षअघि प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति