चार जिल्लाका सिडिओ फेरिए

काठमाडौँ, ३० साउन । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ ।

मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओको रूपमा सरूवा गरिएको छ । त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सिडिओ किरण थापालाई सप्तरीमा पठाएको हो । धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।