सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रे, ३० साउन । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा १०ः५५ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौँ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित पटिएको र उक्त मोटरसाइकलमा सवार पुरुष विपरित दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको  मुनी छिर्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईत भएका न्यौपानेको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । 

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ