नेप्से परिसूचक ३१.८० अंकले घट्यो

काठमाडौँ, ३० साउन । आज सेयर बजार मापक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ ।

आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को बिन्दुमा झरेको  छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूगत सूचक २८.९० प्रतिशतले बढेको छ ।

अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ । आज इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक ५.१८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १६ रुपैयाँ कायम भएको छ । हिमालयन डिस्टिलरिजको सेयर मूल्य सर्वाधिक ७.६९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।