अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ: मन्त्री महत

काठमाडौँ, ३० साउन । अर्थमन्त्री डा. प्रकाश शरण महतले सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा मानिस खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको उनले बताए । अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैले सकारात्मक सञ्चार गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्न नहुने उनको तर्क छ ।

अर्थमन्त्री महतले भने, ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ, ब्याज घटिरहेको छ । सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक भन्नु हुँदैन, हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’

अर्थमन्त्री डा. महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको समेत बताए । डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी गरे । आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे । चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ । गतवर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । आज

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी