मलाई अहिलेसम्म अनुसन्धानका लागि कसैले बोलाएको छैन: उपाध्यक्ष महरा

काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गरेका छन् ।

दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरूद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे । आफूमाथि  मिथ्या आरोप सञ्चारमाध्यमहरूले लगाउन खोजेको भन्दै उनले गलत प्रचारबाजी नगर्न आग्रह गरे। सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताएका थिए  । फलफूल व्यापारीबाहेक वाङलाई अर्को रूपमा नचिनेको र उनीसँग सुनका बारेमा कहिल्यै फोनमा कुरा पनि नभएको भन्दै महराले आफ्नो बचाउ गरे । 

आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफूकहाँ आएको भने महराले स्वीकारे । सोही आधारमा आफूले भन्सारका कर्मचारीसँग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनले बताए । आशंका लाग्छ भने सुन तस्कर प्रकरणमा राज्यलाई सघाउन आफू तयार रहेको पनि उनले बताए ।

महराले भने, ‘बिनाकारण सुन प्रकरणमा मलाई सञ्चारमाध्यमले मुछिरहेका छन् । यसरी हुँदै नभएको कुरा गलत प्रचार गरिनु सही होइन । त्यो इलोक्ट्रोनिक चुरोटमा के थियो त्यो मलाई थाहा भएन । उनी सुन तस्कर हुन् भन्ने कुरा पनि मलाई थाहा थिएन । मैले पहिले नै अनुसन्धानमा सघाउँछु भनिसकेको छु । अनुसन्धानका लागि बोलाउन भनि पनि सकेको छु, तर हालसम्म मलाई कसैले बोलाएको छैन । म सरकारलाई कुनै पनि छानबिनमा सघाउन तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

काठमाडौँ, १० फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।