भीरबाट लडेर युवकको मृत्यु

सिमकोट, ३० साउन । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भीरबाट लडेर ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पानलोटी भीरबाट लडेर उनको मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीचभागमा पर्ने पानलोटी खर्क गएका थिए । घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मंगलबार मृत भेटिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा