खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौँ : नेता सिंह

काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् ।

मंगलबार बिहान काठमाडौँको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने बताए । उनले भने, ‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्‍यो,’ ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौँ । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौँ न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरूलाई ठेगान लगाउनुपर्ने उनले बताए । पार्टीभित्र सुविधा भोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति