अवैध काठसहित दुई युवक पक्राउ

झापा, ३० साउन । झापा जिल्लाको  बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित ज्यामिरे सामुदायिक वनबाट काठ चोरी निकासी  गरेको आरोपमा प्रहरीले ट्र्याक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्यु फिट लोड भएको अवस्थामा फेला परेकोले नियन्त्रणमा लिएको हो । 

ट्र्याक्टर चालक जिल्ला झापा बुद्धशान्ति गाउँपालिका–४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र सोही ट्र्याक्टरमा सवार ३६  वर्षीय धनाहाङ लिम्बू लाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि डिभिजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार