संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

काठमाडौँ, ३० साउन । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ ।

लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ ।विभिन्न विवादका कारण सो विधेयक लामो समयदेखि थन्कँदै आएको थियो । यसअघि मन्त्रिपरिषद्मा पेस भइसकेको विधेयकमा धेरै विषय विवादित भएपछि मन्त्रिपरिषद्ले नै विधेयक फिर्ता गरिदिएको थियो ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विधेयकलाई स्वीकृतिका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाउनुभएको थियो । तर, त्यसपछि पनि विधेयकले कर्मचारीको वृत्ति विकासमा असर पार्ने प्रावधान समेटको भन्दै अधिकांश कर्मचारी आन्दोलित भएका थिए ।

कर्मचारी आन्दोलित भएपछि सो विधेयक अर्थ र कानून मन्त्रालयमा नै रोकिएको थियो । अर्थ र कानून मन्त्रालयमा विधेयक रोकिए पनि त्यसलाई अघि बढाउन तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले खासै पहल गर्नुभएको थिएन । यो सामाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार