साहित्यकार, संस्कृतिविद् डा. रामदयाल राकेशको नवीनतम कृति ‘केही समीक्षा’ प्रकाशित भएको छ । साहित्य रचनाकासाथै मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय डा. राकेशले समालोचनाका क्षेत्रमा पनि कलम चलाउँदै आएका छन् ।
प्रकाशित कृतिमा उनका केही समालोचनात्मक आलेखहरू समेटिएका छन् । पुस्तक सिमल बुक पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।