नागरिकको गोप्य सूचना दिन एनसेल तयार

काठमाडौँ, २५ साउन । कल बाइपासमार्फत हुने अपराध नियन्त्रण गर्ने र महसुल दर नियमन गर्ने नाममा नागरिकका अति गोप्य सूचनामाथि पहुँच बढाउने सरकारी प्रयासमा निजी क्षेत्रको सेवा प्रदायक टेलिकम्युनिकेसन कम्पनी एनसेल सहयोगी देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १८ गतेदेखि नेपाल टेलिकम र एनसेललाई टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि तुरुन्तै कार्यान्वयनमा ल्याउन निर्देशन दिएकामा एनसेलले स्वीकार र टेलिकमले अस्वीकार गरेको देखिएको हो।नागरिकका अति गोप्य एसएमएस, कल डिटेललगायतमा सिधा पहुँच राख्ने प्रावधानमा एनसेल तयार भए पनि टेलिकम राजी नभएपछि अहिले टेरामक्स प्रविधि लागु हुन सकेको छैन।

‘टेरामक्स प्रविधि लागु गर्न एनसेल तयार भएको छ। नेपाल टेलिकमले अस्वीकार गरेको छ,’ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले भने। उनका अनुसार एनसेलले सो प्रविधिलाई सहजै स्वीकार गर्दा पनि टेलिकमले अस्वीकार गर्नुको कारण भने खुलेको छैन।

‘सरकारले सिधै नागरिकको गोप्य सूचनाको पहुँचमा आँखा लगाएको छ। एनसेलले टेरामक्स प्रविधि जडान गरेर प्राधिकरण र सरकारको कामलाई सहयोग गरेको देखिन्छ,’ सञ्चार मन्त्रालयका एक अधिकारीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका