काठमाडौँ, १६ साउन । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ ।
आज उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर गरेको हो ।
जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । उच्च अदालतबाट जिल्लाको फैसला उल्टी भएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको हो ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सकासञ्चालक दीपक परियारको आदेशअनुसार पसलमा काम गर्ने विश्वकर्मालाई सञ्चालकले ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो । फैसलापछि उनी झुम्कास्थित कारागारमा छन् ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दाेष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आज मंगलबार भएको हो । मंगलबार लालबहादुरको पक्षमा सांसद सोविता गौतमले पनि बहस गरेकी थिइएन् ।