मन्त्री बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उद्घाटन

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलमा निर्माण भएको दक्षिणकाली नगर अस्पतालको शनिबार एक समारोहका बिच उद्घाटन गरेका छन् ।

विसं २०७१ देखि स्वास्थ्य चौकीको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नति गरि नगर अस्पताल बनाइएको छ । अस्पताल उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताए । उनले यो क्षेत्रमा मिर्गौलाका विरामीको संख्या बढेको पाइएकाले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन तत्काल स्वास्थ्य मन्त्रालयले पठाइदिने बताए । कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले दक्षिणकाली नगर अस्पतालको सुधारका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सधै सहयोग गर्ने बताए ।

चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले न्याम्सले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न महिनामा १ पटक वा २ पटक विशेषज्ञ पठाएर भए पनि सेवा दिन आफूले सक्ने सहयोग गर्ने बताए । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जनताको चाहना अनुसार अस्पतालले आफ्ना सेवा सुधार र विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रम नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री राजेन्द्र केसी, पूर्वमन्त्री दिपक बास्कोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन लगायतले अस्पताल स्तरोन्नति भएकोमा खुशी व्यक्त गर्दै यसको प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ