१२ अर्बका विद्युतीय सवारी आयात

काठमाडौँ, १४ साउन । गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९र८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका हुन् । भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका हुन् । सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा