संयुक्त राष्ट्रसङ्घद्वारा फाँसीको प्रावधान हटाउन आग्रह

एजेन्सी, १३ साउन । संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो ।

सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई हिजो फाँसी दिइएको थियो । कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो । गएको वर्ष नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी देश कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले कुवेत र सिङ्गापुरमा यो हप्ता दिइएका मृत्युदण्डको निन्दा गरी कुनै पनि अवस्थामा हुने मृत्युदण्ड मान्य नहुने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १ सय ७० भन्दा धेरै देशको पक्षमा सामेल हुन उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज