मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले दिए सबैलाई बधाई

काठमाडौँ, १३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेसँगै आजदेखि ऐन बनेको जानकारी दिएका छन् । सँगसँगै सबैलाई बधाई पनि दिएका छन् । मिटरब्याजसम्बन्धी कानुन बनेसँगै मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सन्जालमा उनले भनेका छन्, ‘मिटर ब्याज सम्बन्धि बिधेयक दुबै सदनबाट पारित भई राष्ट्रपतिज्यु बाट प्रमाणीकरण भएपछि आजबाट ऐन बनेको छ।सामन्तवादको अवशेषको रुपमा रहेको मिटर ब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मुल आधार प्रदान गरेको छ । यो अभियानको लागि ऐन कोशे ढुङ्गा बनेको छ । सबैलाई बधाई ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका