म्यानमारमा नेपाली बन्धक, परराष्ट्र मन्त्रालयद्वारा ‘ट्राभल एडभाइजरी’

काठमाडौँ, १२ साउन । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरुलाई अवैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरुलाई लागि सम्पर्क गर्न भन्दै नम्बर सार्वजनिक गरेको छ । 

मन्त्रालयले नेपाली राजदूतावास, बैंकक तथा यांगुनको इमेल eonbangkok@mofa.gov.np र eonyangon@mofa.gov.np  टेलिफोन नम्बरहरू +66-869915554, +95-1-545880 र +95-1-557168 तथा फेसबुक पेज Embassy of Nepal in Bangkok, Embassy of Nepal in Yangon Myanmar मा सम्पर्क गर्न अनुरोध गरेको हो ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको मन्त्रालयको भनाइ छ । तर त्यहाँ लगेपछि तलब तथा सुविधा  नदिइएको जानकारी प्राप्त भएको मन्त्रालयको सूचनामा भनिएको छ । 

यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको कायिन क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ देखि १३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानूनी काममा लगाउने गरेको मन्त्रालयले जनाएको छ । 

यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने भनेको मन्त्रालयले जनाएको छ । नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेका छ भने थप नेपालीको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ,’नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ । साथै, विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज