प्रचण्ड कांग्रेसको कान समातेर हिँडेका छन्, कांग्रेस लुरुलुरु : अध्यक्ष ओली

काठमाडौँ, १२ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको काधँमा बसेको बताएका छन् । 

आज भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताए । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै कटाक्ष गरे । 

उनले भने, “कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,”  “अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।” उनले कांग्रेसले भ्रष्टाचारकै विरुद्ध बोल्नै नसक्ने आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका