मलाई ‘केपी बा’ इन्स्ट्राग्राममा फलो गर्नुस् ल’ : अध्यक्ष ओली

काठमाडौँ, १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मा फलो गर्न आग्रह गरेका छन् ।

आज आफ्नो फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका छन् । 

उनले भनेका छन्, ‘तपाईँले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस् । ज्ञान प्रसारण गरेर घट्दैन । यसलाई जति बाँड्यो त्यति बढ्छ । जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ । म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु । मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका