काठमाडौँ, १२ साउन । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीका अनुसार पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ । यसबारेमा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
पाण्डेको खोजी भइरहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।