प्रदेश प्रमुखद्वारा प्रशिक्षण प्रतिष्ठान प्रमाणीकरण

सुर्खेत, १२ साउन । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रतिष्ठान विधेयक यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६औँ बैठकबाट सर्वसम्मतले पारित भएको थियो ।

परियारले प्रमाणीकरण गरेसँगै उक्त विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रुपान्तरण भएको छ । ऐन बनेपछि अब राष्ट्रसेवक सबै कर्मचारीको क्षमता अभिवृद्धि एवं वृत्ति विकासका क्षेत्रमा सहयोग पुग्नेछ । प्रशिक्षण प्रतिष्ठान ऐन कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई बाटो खुला भएको छ । रासस File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल

काठमाडौँ, ७ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले

काठमाडौँ, ७ असोज ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु