डेंगुले महामारीको रूप लिने खतरा

काठमाडौँ, १२ साउन । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौँबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ ।

जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो । त्यसै गरी काठमाडौँबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको छ । धादिङ जनवरीमा २ जनामा डेंगु देखिएकोमा जुलाई २४ सम्म पुग्दा डेंगु संक्रमितको संख्या ४ सय १ पुगिसकेको छ ।

डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, संखुवासभा, म्याग्दी, कन्चनपुर, रूपन्देही र मोरङ रहेका छन् । जसमा काठमाडौँ पाँचौं स्थानमा रहेको छ । प्रदेश स्तरमा कोशीमा २ हजार ७ सय ५४, वागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३ सय ५४ जना, सुदूरपश्चिममा ३ सय १६ जना, लुम्बिनीमा १ सय ६६ जना, मधेस प्रदेशमा २२ जना र कर्णालीमा २० जना डेंगुका संक्रमित भएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ