काठमाडौँ, ११ साउन । अर्थ मन्त्रालयले काठमाडौँमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।
