नेप्से परिसूचक २९.७१ अंकले घट्यो

काठमाडौँ, ११ साउन । नेप्से परिसूचक आज २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा रोकिएको हो ।

आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २७१ धितोपत्रको दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । यस दिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.६८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ कायम भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक रुपैयाँको कारोबार भएको छ । यो कम्पनीको १० करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ कायम भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक २.६५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ