एक वर्षमा नेपाल भित्रियो तीन अर्बको विदेशी मदिरा

काठमाडौंँ, ११ साउन । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट दुई अर्ब ९८ करोड ५३ लाख ३० हजार रुपैयाँको मदिरा आयात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको विभिन्न मदिरा आयात गरेको हो । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म उक्त रकममा ३३ लाख ५६ हजार १४८ लिटर विभिन्न प्रकारका मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार उक्त पछिल्लो एक वर्षमा दुई अर्ब ८४ लाख सात हजार रुपैयाँको ह्विस्की, २४ करोड ९१ लाख १५ हजार रुपैयाँको वाइन, १७ लाख ८६ हजार रुपैयाँको रम, दुई करोड २३ लाख ६ हजार रुपैयाँको जिन र चार करोड ४२ लाख ८१ हजार रुपैयाँका भोड्का नेपालले आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ