राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडाैँ, ११ साउन । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ ।

आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।  

उनले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताए । उनले भने, ‘विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर पक्राउ पर्छ । त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिन भनेर विमानस्थल भन्सारसम्बन्धी सुरक्षाकर्मीलाई सस्पेन्ड गर्दै यो सम्मानित सदनलाई संशोधन गर्दै राजीनामा दिनुपर्थ्यो । तर त्यसो भएको छैन सभाध्यक्ष महोदय ।’

नेता दाहालले अगाडि भने, ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र ? त्यसैले यो विषय अब नैतिकताको विषय मात्र रहेन । अब हामीले यसलाई नैतिकताको विषय भनेर उठाउन खोजिरहेका छैनौँ । ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो । अब त यो विषय गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब त उहाँ अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय